नियम ६८
अस्तियारवाला समक्ष फैसला वा आदेश पठाउने
आफू समक्ष पेस भएको मुद्दामा मिसिलबाट कुनै राष्ट्रसेवकले देहायको कुनै काम कुरा गरेको देखिएमा न्यायाधीशले आवश्यक सम्झेसो कुरा फैसला वा अन्तिम आदेशमा उल्लेख गरी निजलाई सचेत गराउन वा सो फैसला वा आदेशको प्रतिलिपि सम्बन्धित अख्तियारवाला समक्ष पठाउन आदेश दिन सक्नेछ:-

(क) कुनैगैर कानूनी काम गरेको, वा

(ख) कानूनबमोजिम पालन गर्नु पर्ने कर्तव्य जानी जानी पालन नगरेको वा त्यस सम्बन्धमा बद्नियतवा गम्भीर लापरबाही गरेको, वा

(ग) आफ्नो पद अनुरूपको आचरण नगरेको, वा

(घ) अदालतको आदेशलाई छल्ने वा कुनैकिसिमबाट प्रभावहीन बनाउने बद्नियतले झुटो जवाफ दिएको वा समयमा स्पष्ट जवाफ नदिई आलटाल गरेको ।